सिमरा विमानस्थलमा एयरलाईन्सहरुको मनपरी, समयमै प्लेन नउड्दा यात्रु हैरान

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । सिमरा विमानस्थलबाट आज काठमाण्डौ उडने जहाजहरु करिब ५ घण्टा ठिलो भएको छ । बिहान ७ बजे उड्ने जहाज करिब ११ः३० बजे उडेका छन् ।

गाडीको यात्रामा काठमाण्डौ पुगिने समयमा पनि भोकभोकै यात्रुहरु बस्न बाध्य भएका छन् । हुन त सधै जहाजहरुले ढिलाई गर्दै आएपनि आज भने धेरै ढिला गरेको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले बताए । का बिशेषले तत्कालै काठमाण्डौ जानुपर्ने भएकोले १०ः२५ को टिकट काटेकोमा २ः२५ बजे उडेको प्रमुख खनालले बताए ।

रकम बढी भएपनि मानिस सजिलो र समयमै पुग्न हवाई जहाज प्रयोग गर्छन तर विमान कम्पनीहरुको मनपरी नियन्त्रण र नियमन कसैले नगरेको यात्रीहरुले बताएका छन । मानिस विरामी भएर पैसा बढी भएपनि जहाज प्रयोग गर्छन तर विमान कम्पनीहरुले सेडुल अनुसार नचल्ने र मनपरी समय परिवर्तन गर्दै आएपनि सरोकार निकाय मौन बस्दै आएकोले समस्याको समाधान हुन नसकेको यात्रुहरुले बताएका छन् ।

एयरलाईन्सहरुले एउटै जहाज सबैतिर दौडाउने र यात्री बढी भएतिरै समय र टाईम मतलबनै नगरी मनपरी गर्दै आएको आरोप यात्रुहरुले लगाएका छन् । तरपनि नियमन र अनुगमन गर्ने विमानस्थलका प्रमुख तथा कर्मचारीहरुले विमानहरुसग मिलोमतो गरेकै कारण मौन बस्दै आएको आरोप स्थानीय यात्रीले लगाएका छन् ।

सिमरा एयरपोर्टका प्रमुख भुपेन्द्र भट्टसग सम्पर्क गर्दा आफु ब्यस्त रहेको भन्दै सुचना अधिकृतसग सम्र्पक गर्न आग्रह गरे । कार्यालयमा सुचना अधिकृत बाहिर गएको बताएका एटिसि सगम श्रेष्ठले काढमाण्डौमा रेडार बिग्रीएर समस्या भएपछि विमान ढिलाई भएको बताए । रेडार बिग्रीएपछि समयको धेरै सेप्रेसन राख्नुपर्ने भएको र बिहान आईएस आर भएका कारण ढिलाई भएको बताए ।

रेडार बनेको र भिएसआर भएकोले अब ठिक भई सकेको बताए । ढिलाई भईरहेको हामीहरुले पनि महशुस गरी रहेको बताउदै नियमित हुने ढिलाई बारे एयरलाईन्सहरुकै कमजोरी रहेको विमानस्थलमा कुनै समस्या नरहेको बताए ।

उनले एउटै विमान धेरैतिर जाने गरेका कारण पनि ढिलाई भई रहेको छ । एयरलाईन्सले गलत गरेपनि नियमन गर्ने कार्यालय विमानस्थल भएपनि कार्वाही बारे आफुलाई जानकारी नभएको उनले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content