एमालेबाट कलैया १४का निर्वाचित वडाअध्यक्ष जैसवाल बैकिङ कसुरमा पक्राउ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 902 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष बैकिङ कसुरमा पक्राउ परेका छन् । आफनो वडा कार्यालयको भवन उद्धघाटन भए लगत्तै कलैया उपमहानगरपालिकाका वडा नं. १४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद जैसवाल पक्राउ परेका हुन ।

वडा अध्यक्ष जैसवाल माथि ओम पाण्डेको आठ लाख, अर्को एक जनाको बालुवा गिट्टिको १० लाख, सभामुख सरोज यादबसग पेश्की लिएर काम नगरेको लगायतका बैकिङ कसुर गरेको प्रमाणका आधारमा पक्राउ परेको बताईएको छ ।

बैकिङ कसुर अन्र्तगत पक्राउ गरिएको बताउदै बाराका प्रहरी उपरिक्षक दिलिप सिह देउवाले आवश्यक छानविन भई रहेको बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content