कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव ले घर घरमा स्वच्छ पानी पुर्याउन उद्देश्यले खानेपानी ट्याङ्कीको शिलान्यास गरेका हुन् । आज एक कार्यक्रम का बिच कलैया उपमहानगरपालिका वडा न १ स्थित कट्टिपर्सामा सुरक्षित खानेपानी योजना निर्माण कार्यक्रम अन्तरगत खानेपानी ट्यांकी निर्माण को शिलान्यास गरिएको हो ।उक्त खानेपानी ट्यांकी निर्माण गर्न कलैया उपमहानगरपालिका को तर्फ बाट १२ लाख १९ हजार ३९ संयुक्त राष्ट्र बाल कोष (UNICEF) को तर्फ बाट ६० लाख ९५ हजार १ सय ९९ र सामुदाय बाट ८ लाख १२ हजार ६ सय ९३ बजेट बिनियोजित भएको कलैया उपमहानगरपालिकाले जनाएको छ । उक्त खानेपानी ट्यांकी निर्माण भएपछि १८५ घरधुरी भन्दा बढीलाई सुरक्षित खानेपानी पुर्याउने उदेश्य रहेको र ४० हजार लि को छमता रहेको छ । सो शिलान्यास कार्यक्रम मा कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत प्रहलाद वर्ण्वाल वडा नम्बर १का वडाअध्यक्ष , jjyc का अध्यक्ष भैयाराम यादव ,कलैया उपमहानगरपालिकाका विभिन्न शाखाका पदाधिकारीहरू ,लुमन्ती आवास को लागी सहयोग समूह का सहजकर्ता एवम् परिचालक आनिल मण्डल ,स्थानिय भद्रभलादमीहरु लगायतकाको सहभागिता रहेको थियो ।