पक्राउ परेका एमालेबाट निर्वाचित कलैया १४ का वडा अध्यक्ष जैसवाललाई अदालतबाट पाँचदिनको म्याद

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 906 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । पक्राउ परेका एमालेबाट निर्वाचित कलैया १४ का वडा अध्यक्ष सुरेन्द्र जैसवाललाई अदालतबाट पाँचदिनको म्याद थप भएको छ । आफनै वडा कार्यालय भवनको उद्धघाटन पछि प्रहरीले उनलाई प्रक्राउ गरेको हो ।

पक्राउ अघि प्रहरीले उनलाई उजुरीको जानकारी गराउदै पटक पटक रकम तिर्न खातामा रकम जम्मा गर्न भनेपनि अटेर गर्दै बसेका कारण उनलाई पक्राउ गरिएको बाराका प्रहरी प्रब्क्ता एवम प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो । ।

वडा अध्यक्ष जयसवाल माथि धेरैको बाँकी बक्यौता भएको उजुरी आएपनि ३ जनाले प्रहरीमा लिखित उजुरी गरेका हुन । उजुरीपछि प्रहरीले रकम जम्मा गर्न पटक पटक निर्देशन दिएपनि अटेर गरेको बताईएको छ ।

विभिन्न काममा वडा अध्यक्ष जैसवालले ओम पाण्डेको आठ लाख, राजु साह कलबारको १० लाख र मधेश प्रदेशका सभामुख सरोज कुमार यादबसग २० लाख बराबरको चेक सिद्धार्थ बैकको दिएपनि चेक नसटेपछि उनीहरुले बैकिङ कसुर गरेको उजुरीको आधारमा पक्राउ परेको बताईएको छ । वडाअध्यक्ष जैसवाल निर्माण ब्यबसायी समेत हुन ।

शेयर
प्रतिक्रिया
Skip to content