१२ औं जीतपुरसिमरा गोल्डकप, चितवनलाई हराउदै बाग्मती क्वार्टरफाइनलमा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 783 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । १२ औं जीतपुरसिमरा गोल्डकप अन्र्तगत आज शुक्रबार भएको खेलमा बाग्मती युवा क्लब सर्लाहीले बिएफसी चितवनलाई हराउदै क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा भएको खेलमा चितवनलाई २–१ पराजित गर्दै बाग्मती अन्तिम आठमा प्रवेश गरेको हो । चितवनविरुद्ध रोमाञ्चक जित हात पार्ने क्रममा बाग्मतीका दिनेश चाम्लिङ राई र प्रदीप लम्सालले गोल गरे । चितवनका लागि रोशन क्षेत्रीले गोल गरेका थिए ।

खेलको १५औं मिनेटमा चितवनका रोशन क्षेत्रीले शुरुमै गोल गरी अग्रता लिएका हुन । चितवनले लिएको अग्रता बराबरीमा ल्याउने क्रममा बाग्मतीका दिनेश चाम्लिङ राईले खेलको २३औं मिनेटमा गोल फर्काउन सफल भए । खेलमा पुनरागमन गरेको बाग्मतीले पहिलो हाफमा चितवनलाई नियन्त्रणमा लिन सफल भयो ।

दोस्रो हाफमा तालमेलको अभाव देखिएको बाग्मतीले अन्तिम समयमा भने उत्कृष्ट खेल पस्कियो । चितवनलाई स्तब्ध पार्ने क्रममा बाग्मतीले खेलको ८१औं मिनेटमा बिजयी गोल गरेको थियो । बाग्मतीका प्रदीप लम्सालले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

खेलको म्यान अफ दि म्याच बाग्मतीका दिनेश चाम्लिङ राई घोषित भए । उनले नगद पाँच हजार हात पारे । प्रतियोगिता अन्तर्गत शनिवार न्युरोड टिम (एनआरटी) र विजय युथ क्लब बीच खेल हुनेछ ।

शेयर
प्रतिक्रिया
Skip to content