कलैया । बाराको कलैया २३ कोरिया टोल नजिकै एक महिलालाई उनकै जेठाजु र ससुराद्धारा एसिड प्रहार भएको छ ।
पर्सा बिरगंज १३ श्रीपुर निवासी उमेश साहको श्रीमती बर्ष २८ कि सिता पटेल आफ्नो माईती घर कलैया आउने क्रममा उनकै जेठाजु रामबाबु साह र ससुरा हवारी साहले एसिड प्रहार गरी फरार भएका हुन ।
ना. ६० प. ७२७९ नं. को स्कुटीमा आएका उनीहरुले महिला माथि एसिड प्रहार गरी फरार भएका भनी खवर प्राप्त हुना साथ अस्थायी पोष्ट शिक्षाको टोली खटी गएको र घाईते महिलालाई उपचारको लागी जिल्ला अस्पताल कलैया पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । महिलाको अबस्था मध्यम रहेको र एसिड प्रहार गर्ने व्यक्तिहरुको खोजतलास भईरहेको बाराका प्रहरी प्रब्क्ता एवम प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो ।