बुहारीलाई एसिड प्रहार गरी फरार जेठाजु र ससुरा पक्राउ, तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिमाना हुने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.6k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

कलैया । एसिड प्रहार गरी फरार जेठाजु र ससुरा पक्राउ परेका छन् । जेठाजु पर्सा बिरगंज १३ श्रीपुर बस्ने बर्ष ३२ को रामबाबु साह र ससुरा बर्ष ५० को हवारी साहलाई वीरगंजबाट नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

बाराको कलैया २३ कोरिया टोलमा जेठाजु र ससुराद्धारा एसिड प्रहार गरी फरार भएका थिए । पर्सा बिरगंज १३ श्रीपुर निवासी उमेश साहको श्रीमती बर्ष २८ कि सिता पटेल आफ्नो माईती घर कलैया आउने क्रममा उनकै जेठाजु र ससुराले एसिड प्रहार गरी फरार भएका बताएपछि फरार जेठाजु र ससुरा पक्राउ परेका हुन । ना. ६० प. ७२७९ नं. को स्कुटीमा आएका उनीहरुले महिला माथि एसिड प्रहार गरी फरार भएका थिए ।

घाईते महिलालाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाईएकोमा सो अस्पतालबाट थप उपचारको लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा लगी उपचार भईरहेको,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रब्क्ता एवम प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो । महिलाको अबस्था गम्भीर बन्दै गएको बताईएको छ । एसिड प्रहार गर्नको कारण भने खुली सकेको छैन ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७० सालयता देशका विभिन्न ठाउँमा गरी १३ महिला र तीन पुरुषमाथि एसिड आक्रमण भएको छ ।

महिलामाथि एसिड प्रहर गर्ने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुईजनालाई कर्तव्य ज्यान मुद्दा र १२ जनामाथि ज्यान मुद्दाअन्तर्गत कारबाही गरिएको छ । एसिड प्रकरणका अधिकांश घटना आफन्तबाटै हुने गरेको छ । श्रीमान् श्रीमतीबीचको मनमुटावका कारण एसिड प्रहार बढी हुने गरेको छ ।

के छ कानुनी व्यवस्था ?

१ भदौ २०७५ बाट लागू भएको मुलुकी अपराध संहिताको दफा १९३ को उपदफा २ मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी कारबाही गरिने उल्लेख छ । यसमध्ये अनुहार कुरूप पारिदिएमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिमानाको व्यवस्था छ ।
अन्य अंगमा एसिड प्रहार गरेर क्षति पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ । घटनाको प्रकृति हेरेर दुवै सजाय हुने व्यवस्थासमेत छ ।
एसिड आक्रमणबाट मृत्यु भएमा प्रहार गर्नेविरुद्ध कर्तव्य ज्यान मुद्दा र ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने प्रहरीको भनाइ छ ।

शेयर
प्रतिक्रिया
Skip to content