भुमी आयोग बारा जिल्लाको विज्ञ सदस्यमा केदार गौतम

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 631 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । नेपाल सरकारद्वारा गठित भुमी आयोग बारा जिल्लाको विज्ञको रुपमा निजगढका केदारप्रसाद गौतम नियुक्त भएका छन् । भर्खरै केहीदिन अघि नेकपा एमाले परित्याग गरेर माओवादी प्रवेश गरेका गौतम नेकपा माओवादी केन्द्रबाट आयोगको ४ बर्षे कार्यकालको लागि नियुक्ति हुनु भएकोमा हुन् ।

भुमिहिन, दलित र अव्यवस्थित, सुकुम्बासी समस्या समाधानको विषयमा बारा जिल्ला सहित निजगढको अव्यवस्थित बसोबासी जनताहरुलाई जग्गाको हकदार बनाउन भुमिका खेल्ने गौतमले बताए । सत्ता गठबन्धनको बीचमा भागबन्डामा आयोगको पदाधिकारी र सदस्य नियुक्त भइरहेको छ । बारामा नेतृत्व टुङ्गो लागेको छैन् ।

शेयर
प्रतिक्रिया
Skip to content