म्यादी प्रहरीमा भर्नाका लागि बारामा साढे चार गुणा बढी ११ हजार आवेदन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । बारामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै बारा जिल्लामा ११ हजार भन्दा बढी आवेदन परेको छ ।

बारा जिल्लामा २ हजार ५ सय २८ जना म्यादी प्रहरी भर्नाको लागि जिल्ला प्रहरी कार्यालय बाराले निकालेको सुचनामा आवेदन भने ११ हजार २ सय ६७ ले गरेका छन् । यो आबेदनले बारामा बेरोजगारीको अबस्था के छ भनेर देखाएको छ ।

माग सङख्या भन्दा आबेदन साठे चार गुणा बढी आबेदन परेको छ । आवेदन दिने म्याद शुक्रबार अन्तिम दिन सकिएको छ । बारा म्यादी प्रहरीमा आबेदन दिन लाईनमा मानिसहरुले दिनभर लाईनमा बसेर आबेदन दिएका हुन । अब छनौटको क्रम शुरु हुने भएपनि राजनैतिक दलको दबाब आउन थालेकोले प्रहरीको टाउको दुखाईको बिषय बन्ने देखिएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content