निजगढ । निजगढका मेयर सुरेश कुमार खनालले मेयर कप फुटबलको चौथो संस्करणसम्म आईपुग्दा प्रतियोगिताको स्तर वृद्धि र निजगढमा फुटबल खेलको बिकास भएको बताउनुभयो । नगरपालिकाको तर्फबाट फुटबल खेलको प्रवद्र्धन गर्न संचालन भएका योजनाहरु उपलब्धि मुलक रहेको उहाँले बताउनुभयो । शनिबार निजगढ ४ कछडिया टोलको खेल मैदानमा खेलको उद्घाटन गर्दै मेयर खनालले सो कुरा बताउनु भएको हो ।
उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि नेपाल तेक्वान्दो संघ मधेशका अध्यक्ष पेमासिद्धि लामाले निजगढमा लामो समयदेखिको फुटबल खेलको बिकासका लागि नगरपालिकाले गरेको सहयोगको धन्यवाद दिदै लक्ष्य प्राप्तितर्फ अघि बढीरहेको बताउनुभयो ।
निजगढ युवा क्लवको आयोजनामा संचालित प्रतियोगितामा निजगढ सहित बिरगंज युथ एकेडेमी,बकुलिया एघार बारा, बारा एघार, नवजनजागृति युवा क्लव सिमरा बारा,नेपाल खेलकुद क्लव रौतहट र हरिवन युथ क्लव सर्लाहीको सहभागिता रहेकोछ ।
प्रतियोगिताको बिजेताले उपाधि सहित १ लाख ५० हजार रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्नेछ । तेस्तै प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीले २ हजार र प्रतियोगिताको विधागत रुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रतियोगिताको उच्च गोलाकर्ताले जनही ५ हजार रुपैंया प्राप्त गर्नेछन ।
उद्धघाटन समारोहका अध्यक्ष निजगढ युवा क्लवका अध्यक्ष ईश्वर गुरोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन्फा बाराका महासचिब सियाराम कुवर, बिष्ण खड्का लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा नेपाली काग्रेस नगर सभापति नबराज तिमल्सिना, पुर्व नगरसभापति महेशी कुवर, माओवादीका पुर्व नगर अध्यक्ष बेनी मोक्तान, पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम, बाराका पुर्व सचिब गणेश रिजाल, प्रेस युनियन बाराका उपाध्यक्ष बसन्त खतिवडा, महिला नेतृ माला लामा , कल्पना खरेल, मेची महाकाली बुहारी सम्युक्त आवाजकाकी उपाध्यक्ष सगुन लामा, सचिब उषा थापा मोक्तान, मिना चैरेल, निजगढ फुटबल क्लबका अध्यक्ष शम्भु थापा मगर, तेक्वान्दो संघ मधेस प्रदेशका महासचिब राजकुमार लामा लगायतको उपस्थिति रहेको थियो ।
निजगढ मेयर गोल्डकप फुटबलको उद्धघाटन खेलमा रौतहटको विजयी शुरुवात