उपमहानगरका कार्यालय सहयोगी २४ हजार घुस सहित पक्राउ

तराइ संचार
तराइ संचार 940 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जनकपुरधाम उपमहानगरपालिकाका कार्यालय सहयोगी २४ हजार घुस सहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी दिलीप पञ्जियारलाई अख्तियार दुरुपयोग अनुसन्धान अयोग को टोलीले घुस रकम सहित रंगेहात पक्राउ गरेको हो । पञ्जियारले सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने भन्दै २४ हजार रुपैयाँ घुस लिँदालिदै रंगेहात पक्राउ परेका हुन् । उनलाई कार्यालय परिसरबाटै गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका निजमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content