सिमरा । बिजय युथ क्लब हेटौडालाई पराजित गर्दै न्युरोड टिम (एनआरटी) १२औं जीतपुरसिमरा गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शनिवार भएको खेलमा एनआरटीले बिजय युथमाथी ३–१ को जित निकाल्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
एनआरटीको जितमा मासुकी ईहिनी अलोमोले दुई र स्टेफेन समिरले एक गोल गरे । हेटौडाका लागि बिमल राना मगरले गोल गरेका हुन् । निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा एनआरटीले दुई गोल थप्दै फराकिलो जित हात पारेको हो । खेलको १८औं मिनेटमा अमिर श्रेष्ठको पासमा बिमल राना मगरले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा एनआरटीले बराबरी गोल फर्कायो । बिशाल तामाङको क्रसलाई सदुपयोग गर्दै मासुकीले खेल १–१ को स्थितीमा पु¥याएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पहिलो मिनेटमै एनआरटीले खेलमा अग्रता लियो ।
एनआरटीका मासुकीले ब्यक्तिगत दोस्रो गोल गर्दै खेल २–१ को स्थितीमा पु¥याए । मासुकीको गोलपछि हेटौडा केही दवावमा देखियो । खेलमा अग्रता लिएपछि आक्रामक देखिएको एनआरटीले लगातार अवसर बनायो र अतिरिक्त समयको २५ औं मिनेटमा गोलअन्तर फराकिलो पा¥यो । वन भर्सेस वनको अवसर पाएका स्टेफेन समिरले गोल गर्दै एनआरटीको जितलाई सहज बनाएका थिए ।
एनआरटीको जितमा दुई गोल गरेका मासुकी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत आईतबार हिमालयन शेर्पा क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।
निजगढ मेयर गोल्डकप फुटबलको उद्धघाटन खेलमा रौतहटको विजयी शुरुवात