निजगढ । नेपाली कांग्रेस निजगढमा विभिन्न पार्टी परित्याग गरी ४२ जना प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसको घर घर जाऔ, कांग्रेस जिताऔ अभियान अन्तर्गत नेपाली कांग्रेस निजगढ वडा नम्बर २ कार्य समिति भरतगन्जसिगौलले शनिबार अभियान शुरु गरेको अभियानमा उनीहरु पर्टी प्रवेश गरेका हुन । वडा कार्यसमितिले अभियानको शुरु गरेकै दिन उनीहरु प्रवेश गरेका हुन ।
नवप्रवेशी कार्यकर्ताहरुलाई निजगढ नगरका पुर्व नगरसभापति एवम नगरप्रमुख सुरेश कुमार खनाल, नेपाली कांग्रेस प्रदेश बारा क्षेत्र नम्बर १ प्रदेशसभा क का सभापति टेक बहादुर लामा, नेपाली कांग्रेस निजगढका सभापति नवराज तिमल्सिना, महिला नेतृ माला लामा लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।
अभियानको शुरुवात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै निजगढका नगरप्रमुख खनालले निजगढ नगरपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसनै विजयी हुने दाबी गर्नु भयो ।
कम्युनिष्ट पार्र्टीहरुको उद्धेश्य देश बिकास र समृद्धि नरहेको बताउदै खनालले निजगढको सन्दर्भमा नेपाली कांग्रेसको नेतृत्वले मात्रै निजगढलाई समृद्ध र बिकसित शहर निर्माण गर्न सक्ने बताउनु भयो ।
नेपाली कांग्रेस निजगढ वडा नम्बर २ का सभापति हेम बहादुर बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरउपसभापति राजु श्रेष्ठ, सचिब मधु तिमल्सिना नेता भरत राउत लगायत नेपाली कांग्रेस निजगढ नगर कार्यसमितिका पदाधिकारी र स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
को को प्रवेश गरे त नेपाली काग्रेस
राप्रपाका पुराना नेता शिवराज, वडा सदस्य भरत विष्ट, कृष्ण प्रसाद राई लगायतका रहेका छन् । त्यसैगरी एमाले बाट प्रविन राई सन्तोष थापा मगर लगायत ४२ जना रहेका छन् । नाम तल फोटोमा हेर्न सकिन्छ ।