बारा । स्थानीय तहको निर्वाचनमा बारामा ३०३ मतदान स्थल तय भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता, मतदान स्थल र मतदान केन्द्र टुङग्याएको हो ।
बारामा मतदान केन्द्र भने ५४१ निर्धारण भएको छ । आयोगका अनुसार सबैभन्दा बढी मतदान स्थल मधेस प्रदेशमा २ हजार १ सय ६३ मतदान स्थल र ४ हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको छ । मधेस प्रदेशका आठ जिल्लामा ३३ लाख ३१ हजार १ सय ७० मतदाता छन् ।
निर्वाचन आयोगले देशभर भने १० हजार ७ सय ५६ वटा मतदान स्थल निर्धारण गरेको छ । यी स्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।