निजगढ निलो मेयर गोल्डकप फुटबलको सेमिफाइनलमा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 923 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ निलो निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आईतबार सम्पन्न दोश्रो खेलमा बकुलिया एघार बारालाई ३—० गोल अन्तरले पराजित गर्दै निजगढ निलो प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
निजगढको जितमा कप्तान समन कुमरले चौथो मिनेटमा गोल गर्न सफल भए भने निजगढले दोश्रो हाफमा थप दुई गोल गर्न सफल भएको हो । ५९ औ मिनेटमा समीर तामाङले गोल गर्दै निजगढको अग्रता दोब्बर बनाए ।

त्यसैगरी ६५ औ मिनेटमा बकुलियाले पेनाल्टी मार्फत गोल गर्ने राम्रो अवसर प्राप्त गरेपनी रामयोध्या चौधरी चुक्न पुगे । बकुलियाको कमजोर डिफेन्स लाईनलाई तोड्दै निजगढका समीर तामाङले अतिरिक्त थप गरिएको समयमा व्यक्तिगत दोश्रो गोल गर्दै निजगढलाई ३—० गोल अन्तरको जित दिलाए । खेलको म्यान अफ द म्याच निजगढका समीर तामाङ घोषित भए ।

म्यान अफ द म्याच घोषित तामाङले ट्रफी सहित दुई हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार निजगढ रातो र बारा एघार बिच प्रतिस्पर्धा हुनेछ । निजगढ स्थित कछाडिया खेल मैदानमा जारी खेल अपरान्ह ३ बजेपछी शुरु हुनेछ ।

शेयर
प्रतिक्रिया
Skip to content