सिमरा । हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै बिभागिय टिम एपिएफ क्लब जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा आईतवार भएको खेलमा शेर्पालाई ३–२ ले पराजित गर्दै एपिएफले सेमिफाईनलको यात्रा तय गरेको हो । एपिएफको जीतमा दीपेश धिमाल, बिके तामाङ र अर्मान्ड बेडमले गोल गरे । शेर्पाका लागि विश्वास श्रेष्ठ एक्लैले दुई गोल गरेका थिए ।
सुरुवातको केही समय खेल आफ्नो पक्षमा राखेको शेर्पाले खेलको २७ औं मिनेटमा पहिलो गोल खान पुग्यो । नविन लामाको कर्नर बललाई सदुपयोग गर्दै एपिएफका दीपेश धिमालले टिमलाई अग्रता दिलाएका थिए । दीपेशको गोलसंगै आक्रामक बनेको एपिएफले खेलको ३३ औं मिनेटमा दोस्रो गोल थप्यो ।
नविनको क्रस बललाई सदुपयोग गर्दै एपिएफका बिके तामाङले खेल २–० बनाए । दोस्रो हाफमा दुवै टिम आक्रामक देखिए पनि बिभागिय टिमको चुनौती सामना गरेको शेर्पाले खेलको ५०औं मिनेटमा गोल अन्तर घटाएको थियो ।
एपिएफका दीपेश घिमालले शेर्पाका बिकास मेराग्लियालाई लडाएपछि पाएको पेनाल्टीमा कप्तान विश्वास श्रेष्ठले गोल गरेका थिए । बिश्वासको आकर्षक गोलले खेलमा फर्कन खोजेको शेर्पाबिरुद्ध एपिएफले ५६औं मिनेटमा तेस्रो गोल थप्यो । प्रदीप लामाको क्रसलाई सदुपयोग गर्दै अर्माण्ड बेडमले गोल गरेका हुन् । बेडमको गोलसंगै एपिएफले खेलमा ३–१ को अग्रता लियो ।
अन्तिम समयमा आकर्षक लयमा देखिएपनि शेर्पा फिनिसिङमा चुकेको थियो । प्रदीपले अन्तिम समयमा पाएको अवसर चुकाएसंगै एपिएफले ३–२ को जित निकालेर अघिल्लो यात्रा तय गरेको हो ।
एपिएफको जितमा उत्कृष्ट प्रर्दशन गरेका अर्माण्ड म्यान अफ दि म्याच घोषित भए । उनले पा“च हजार नगद हात पारे । प्रतियोगिता अन्तर्गत सोमबार आयोजक नव जनजागृति युवा क्लब सिमरा र सुदूपश्चिम ११ बीच खेल हुनेछ ।