कलैया । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि बारामा निर्वाचन अधिकृत, मतदाता नामावली, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ ।
स्थानीय तह निर्वाचनको लागि बारामा तयारी सुरु भएसगै बारामा निर्वाचनको तयारी तिब्र पारिएको छ । बारामा ४ लाख २३ हजार ३ सय २७ मतदाता रहेका छन् । त्यसमा पुरुष २ लाख ३१ हजार ८२६, महिला १ लाख ९१ हजार ४९० र अन्य ११ जना रहेका छन् ।
त्यस्तै बारामा ३०३ मतदान स्थल रहने छ भने ५४१ मतदान केन्द्र रहने छ । बाराका कुन कुन स्थानीय तहमा को को निर्वाचन अधिकृत छन सुची सहित निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ ।