जीतपुरसिमरा गोल्डकप अन्र्तगत आज आयोजक नव जनजागृति र सुदूरपश्चिम भिड्ने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 759 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । १२औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत सोमबार आयोजक नव जनजागृति युवा क्लब र सुदूरपश्चिम ११ बीच खेल हुदैछ । दुई टिमबीचको खेल सिमरा रंगशालामा साझ ५ः३० बजेपछि सुरु हुनेछ ।

उद्घाटन खेलमा फ्रेण्ड्स क्लबलाई पराजित गरेको सुदूरपश्चिमले अन्तिम आठमा आयोजकसंगको भेट पक्का परेको थियो । आयोजकका लागि भने सुदूरपश्चिमसंगको खेल प्रतियोगिताको पहिलो हुनेछ ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।

शेयर
प्रतिक्रिया
Skip to content