स्मार्ट सिटी निर्माणका लागि निजगढले जिल्लामै पहिलोपटक घरबाटै अनलाईन इ–पेमेन्ट सेवा सुरु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बारा । स्मार्ट सिटी निर्माणका लागि अति आबश्यक मानिने बिधुतिय अनलाईनबाट बाराको निजगढ नगरपालिकाले जिल्लामै पहिलोपटक सोमबारदेखि अनलाइन सम्पति कर, नगदी तथा इ–पेमेन्ट सेवा सुरु भएको छ । यो सेवा शुरुसगै कार्यालय नआई नगरको राजस्व घरबाटै जनताले तिर्न र क्युआर भएको नगदी रसिद लिन पाउने भएका छन ।

आज निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले नगरपालिकामा अनलाइन सम्पति कर, नगदी तथा इ–पेमेन्ट सम्बन्धि सफटवेयरको उद्धघाटन गर्नु भएको हो ।

नगरपालिका प्रमुख सुरेश कुमार खनालले ल्यापटपमा क्लिक गरेर सेवा उद्घाटन गरेका हुन् । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खनालले नगरपालिका कार्यालयमा विगत २ वर्षबाट अनलाइन हुँदै आएपनि वडा कार्यालयमा हाते रसिद प्रयोग हुँदै आएकोमा अब घरबाटै राजस्व तिर्न सकिने बताउनु भयो ।

अनलाइन सेवापछि मोवाइल एप्स इसेवा, खल्ती र आइपिएसबाट नगरपालिकाको सेवाग्राहीले राजश्व बुझाउन सक्नेछन् । नगरका नगरबासीलाई छिटो छरितो सेवा लिन यो धेरै सहयोगी हुने बताउनु भयो । कर्मचारीहरुलाई प्रविधि मैत्री भई समयमै सेवा दिन आग्रह समेत गर्नु भयो । उहाँले यो ईपेमेन्टले सेवाग्राही ठगिनु नपर्ने साथै एक पटक जानेपछि घर र बिदेशमै बसेरपनि राजस्व तिर्न सकिने बताउनु भयो ।

कार्यक्रममा प्रमुख खनालले इ–पेमेन्ट सेवा सञ्चालन गर्ने जिल्लाका उपमहानगर नगर र पालिकाहरुमा निजगढ पहिलो नगर भएको बताउनु भयो । उनले प्रदेशका उपमहानगर नगर र पालिकाहरुमा ७ ओैं र देशभरका उपमहानगर नगर र पालिकाहरुमा ४७ ओैं नम्बरमा निजगढ भएको बताउनु भयो । उनले यो सेवा शुरु भएपछि ६३ प्रतिशत राजस्व बढेको समेत बताउनु भयो । अनलाइन सेवाले राजश्व चुहावट घट्ने र सेवा छरितो हुने बताए ।

उद्धघाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले नगरपालिकाले साइवर सुरक्षामा लागि एसएसएल सहित क्यूआर कोडको व्यवस्था समेत गरेर घरबाट अनलाईन राजस्व तिर्न सकिने गरी बनाईएको बताउनु भयो । यसबाट रसिद सक्कल भए नभएको परीक्षण गर्न सकिनेछ ।

सांग्रिला सफ्टवेयर प्रालिको प्राविधिक सहयोगमा सुरु गरिएको अनलाइन सेवा लिनमा लागि निजगढ नगरपालिका करदाता पोर्टल सञ्चालन गरिने सूचना प्राविधि शाखाका प्रमुख प्रमोद न्यौपानेले जानकारी दिए । कार्यक्रममा साग्रिलाका सिनियर सपोर्ट अधिकृत नेत्रप्रसाद रिजाल लगायत वडाका वडा सचिब र राजस्वसग सम्बन्धित कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण राजश्व शाखाकी रिजा रिजालले गरेकी थिईन् ।

कसरी लिने सेवा

https://eservice.nijgadhmun.gov.np/

 मा गएर अध्ययन र राजस्व तिर्न सकिने छ ।  बारम्बार सोधिने प्रश्नमा गएर क्लिक गर्दा के कसरी गर्ने सबै जानकारी बेबसाईडमा रहेको छ ।  नयाँ सेवाग्राहिले अनलाइन पहिलो पटक सेवा लिन कोडका लागि फारम भर्नु पर्नेछ । फारम भर्न नजान्नेले सजिलोका लागि एक पटक शुरुमा कार्यालयमा पुग्नुपर्ने छ । सेवाग्राहीलाई नगरपालिकाले करदाता कोड दिनेछ । त्यसपछि सेवाग्राहीले कोड राखेर आफैले सेवा लिन सक्नेछन् । यसअघि अनलाइन सेवा लिएका सेवाग्राहीले प्राप्त गरेको रसिदमा करदाता परिचय पत्र नम्बरको प्रयोग गरि घरबाटै अनलाइन सेवा लिन सकिनेछ

शेयर
प्रतिक्रिया
Skip to content