निजगढ । बारा एघार निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा निजगढ रातोलाई टाईब्रेकरमा ५—४ गोल अन्तरले पराजित गर्दै बारा एघार सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ३ मिनेट मै संजय चौधरीले गोल गर्दै बारा एघारलाई शुरुवाती अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको १८ औ मिनेटमा निजगढका श्याम कुमरले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए । तर ३२ औ मिनेटमा राजकिशोर चौधरीले गोल गर्दै पुनः बारा एघारलाई अग्रता दिलाए ।
पहिलो हाफमा पछी परेको निजगढले दोश्रो हाफमा पुनः खेललाई बराबरीमा ल्याएको हो । ६९ औ मिनेटमा श्याम कुमरले व्यक्तिगत दोश्रो गोल गर्दै निजगढलाई २—२ को अवस्थामा फर्काए । निर्धारित समय बराबरीमा सकिएपछी खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा निजगढका जेम्स धामीले प्रहार गरेको पेनाल्टी बारा एघारका गोल रक्षक राजिब चौधरीले बचाउ गर्दै टिमलाई सेमिफाइनलमा पुर्याए ।
खेलको म्यान अफ द म्याच बारा एघारका गोल रक्षक राजिब चौधरी घोषित भए । म्यान अफ द म्याच घोषित चौधरीले दुई हजार रुपैंया प्राप्त गरे । प्रतियोगिता अन्तर्गत मंगलबार हरिवन फुटबल क्लव सर्लाही र नवजनजागृति युवा क्लव सिमरा बारा बीच प्रतिस्पर्धा हुनेछ । निजगढ स्थित कछाडीया खेल मैदानमा हुने खेल अपरान्ह ३ बजेदेखि शुरु हुनेछ ।
बारा एघार निजगढ मेयर गोल्डकप फुटबलको सेमिफाइनलमा
प्रतिक्रिया
प्रतिक्रिया