आयोजक जनजागृति सेमिफाईनलमा प्रवेश

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.7k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । आयोजक नव जनजागृति युवा क्लब १२ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार भएको खेलमा सुदूपश्चिम ११ लाई १–० गोलले पराजित गर्दै आयोजक प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

आयोजकको जितमा सुनिल खड्काले निर्णायक गोल गरे । खेलको ५०औं मिनेटमा खड्काले डिबक्स बाहिरबाट प्रहार गरेको आकर्षक गोलको मद्यतले आयोजक अघिल्लो यात्रा तय गर्न सफल भएको हो ।

उत्कृष्ट तालमेलमा देखिएको जनजागृतिले दोस्रो हाफमा पनि उस्तै प्रदर्शन गरेको थियो । दोस्रो हाफको सुरुवातमै सुनिल खड्काको गोलले अग्रता लिएपछि जनजागृति उत्साहित देखिन्थ्यो । अफ्रिकी मुलका दुई खेलाडीले सम्हालेको रक्षापंक्तीको घेरा तोड्न सुदूरपश्चिम पूर्णरुपमा असफल देखियो ।

सुनिल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाच हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत मंगलवार साविक बिजेता संकटा क्लब र बाग्मती युवा क्लब सर्लाहीबीच खेल हुनेछ

शेयर
प्रतिक्रिया
Skip to content