तेक्वान्दो खेलबाट नेपालले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको – नगरप्रमुख खनाल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनालले तेक्वान्दो खेलबाट नेपालले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको बताउनु भएको छ । उहाँले तेक्वान्दोको विकास र संरक्षणमा सबैले जोड दिनुपर्ने बताउनु भएको छ ।

  नेपाल तेक्वान्दो संघ मधेश कार्य समितिको अधिबेशनका प्रमुख अतिथि नगरप्रमुख खनालले नगरले तेक्वान्दो खेलको बिकासमा सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग रहने बताउनु भयो । अधिवेशनको निजगढका मेयर सुरेश कुमार खनालले उद्घाटन गरेका थिए ।

दोलखाको शैलुङमा हाई अलटिच्युड तेक्वान्दो ट्रेनिङ एण्ड रिसर्च सेन्टर निर्माण प्रकृयामा – महासचिव गुरुङ

नेपाल तेक्वान्दो संघका केन्द्रिय महासचिव दिपराज गुरुङले विशिष्ट अतिथिको आसनबाट नेपाललाई विश्वभरी पहिचान वनाउदै पर्यटनको विकास गर्ने उद्धेश्यकासाथ दोलखाको शैलुङमा हाई अलटिच्युड तेक्वान्दो ट्रेनिङ एण्ड रिसर्च सेन्टर निर्माण प्रकृयामा रहेको बताउनु भयो ।

राजधानी काठमाडौ देखि अति निकट रहेको दोलखाको सैलुङ श्रेत्रको भुभागमा खेलकुद प्रशिक्षणका लागि उपयुक्त भएकोले संघले रिसर्च सेन्टर बनाउने प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।

विश्वमा यस्तो ट्रेनिङ सेन्टर कतै नभएको बताउँदै गुरुङले विश्वमै पहिलो हुने बताउनु भयो । त्यसका लागि स्थानीय गाउँपालिकाले जग्गा उपलब्ध समेत गरी सकेको गुरुङले बताउनु भयो । जग्गामा तारवार गर्ने र नक्सा बनाउने काम समेत सम्पन्न भईसकेको बताउँदै महासचिव गुरुङले अब निर्माणको लागि प्रकृया कार्य अगाडि बढाउने उहाँले बताउनु भयो ।

हिमालय र प्रकृतिको अवलोकन समेत गर्न सकिने उक्त सेन्टर स्थापनाले विश्वका खेलाडीहरूले ट्रेनिङ र अवलोकन गरी नेपाल र सैलुङ क्षेत्रको पर्यटन बिकास गर्दै नेपालको शिर उच्च पार्ने बताउनु भयो । उहाँले खेलकुदको बिकासमा स्थानीय सरकारले विशेष कार्य योजना बनाएर संचालन गर्नु पर्ने बताउनु भयो । लोकतान्त्रिक अभ्यास गर्दै नेतृत्व छनौट हुदै आएको छ ।

तेक्वान्दो परिवारमा विश्वास र एकता रहेको बताउदै तेक्वान्दोलाई सहयोग गरेकोमा नगरलाई धन्यवाद दिदै अबको निर्वाचनमा तेक्वान्दोलाई माया गर्नेलाई बिजयी गराउनु पर्ने बताउनु भयो ।

उहाँले सरकारले नवौ खेलकुद गराउन ततारुकता नदेखाएको र नितिगत कमी कमजोरी भएका बताउनु भएको छ । नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरुप्रसाद गौतमले संघ बिधि बिधानमा चलेपनि निहित स्वाथ्र्यका लागि केही मानिसले बदनाम गरी रहेकोले सबै सचेत हुनु पर्ने बताउनु भयो । उद्धघाटन कार्यक्रम अध्यक्ष पेमासिद्धी लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।

नेपाल तेक्वान्दो संघ मधेश कार्य समितिको अध्यक्षमा पेमा सिद्धि लामा चयन

नेपाल तेक्वान्दो संघ मधेश कार्य समितिको अध्यक्षमा पेमा सिद्धि लामा चयन भएका छन् । प्रदेश कार्यसमितिको सोमबार निजगढमा सम्पन्न प्रथम प्रदेश अधिवेशनले लामालाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण वहादुर भण्डारी, सुरेश लामा चयन भएका छन् भने महासचिवमा राजकुमार लामा चयन भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा नारायण प्रसाद शर्मा र सचिवमा शमशेर थापा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा मुक्ती यादब , रबिन्द्र प्रसाद यादब, सियाराम कुवर चौधरी, मोहन सापकोटा , यान कुमारी चौलागाई , सुमन लामा , मिना लामा, धन बहादुर लामिछाने , विवस पाख्रिन र विजय मिश्र चयन भएका छन ।

अधिवेशनमा मधेशका आठ वटै जिल्ला बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीबाट प्रतिनिधिहरु सहभागी भएका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक हाँसिल गर्न सफल मधेशका खेलाडी यान कुमारी चौलागाई र कुमार मान्न्धरलाई सम्मान गरिएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content