रौतहट निजगढ मेयर गोल्डकप फुटबलको फाईनलमा

तराइ संचार
तराइ संचार 998 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेपाल खेलकुद क्लव रौतहट निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेकोछ । प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा निजगढलाई टाईब्रेकरमा ४—३ गोल अन्तरले पराजित गर्दै नेपाल खेलकुद क्लव रौतहट प्रतियोगिताको फाईनलमा प्रवेश गरेकोहो ।

निर्धारित समयको खेल १—१ गोलको बराबरीमा सकिएपछी खेल टाईब्रेकरमा गएकोथियो । खेलको ३० औ मिनेटमा निजगढको कमजोर डिफेन्स लाईनको मौका उठाउदै मानबहादुर तामाङको गोलसङ्गै रौतहटले अग्रता लिएकोथियो । पहिलो हाफमा अग्रता लिएको रौतहट दोश्रो हाफमा दबाबमा देखिएकोथियो ।

रौतहट माथी निरन्तर गोलकोलागि प्रयास गरेको निजगढ ४९ औ मिनेटमा बराबरी गर्न सफल भयो । निजगढकालागी अमिर श्रेष्ठले गोल गर्दै खेललाई बराबरिमा ल्याए । दुवै टिमले थप गोल गर्ने थुप्रै अवशर सदुपयोग गर्न नसक्दा खेल टाईब्रेकरमा गएकोथियो । टाईब्रेकरमा निजगढका दुईजना खेलाडि गोल गर्न असफल भए ।

खेलको म्यान अफ द म्याच नेपाल खेलकुद क्लव रौतहटका रोशन पहरि घोषित भए । प्रतियोगिता अन्तर्गत दोश्रो सेमिफाइनलमा बिहिबार बारा एघार र नवजनजागृती युवा क्लव सिमरा बारा बिच प्रतिस्पर्धा हुनेछ । निजगढ स्थित कछाडिया खेल मैदानमा संचालन हुने खेल अपरान्ह तीन बजेदेखी शुरु हुनेछ ।

शेयर
प्रतिक्रिया
Skip to content