जीतपुरसिमरा गोल्डकप  एपीएफ र बाग्मती भिड्ने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा ः १२औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत विहिवार हुने दोस्रो सेमिफाईनल खेलमा विभागिय टिम नेपाल एपीएफ क्लब र बाग्मती युवा क्लब सर्लाही भिड्दैछन् । सिमरा रंगशालामा साझ ५ः३० बजेपछि दुवै टिम फाईनल प्रवेशका लागि भिड्न लागेका हुन् ।

दुई टिमबीचको बिजेताले उपाधीका लागि शनिवार न्युरोड टिम (एनआरटी) संग प्रतिस्पर्धा गर्नेछ । आयोजक नव जनजागृति युवा क्लबलाई सेमिफाईनलमा पराजित गर्दै एनआरटी अन्तिम दुईमा प्रवेश गरेको हो । एनआरटीलाई फाईनलमा पु¥याउने क्रममा स्टेफन समिरले दुई र मेसुकेले एक गोल गरेका थिए । आयोजकलाई लागि आयुश घलान र एलन थापाले गोल फर्काएपनि टिमको हार टार्न सकेनन् ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।

शेयर
प्रतिक्रिया
Skip to content