नागरिकताको समस्या छिट्टै समधान हुन्छ –गृहमन्त्री बालकृष्ण खाँण

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकताको समस्या छिट्टै सामधान हुने बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिले सोमबार आयोजना गरेको आमसभालाई सम्बोधन गदै उहाँले मधेसमा नागरिकताको ठूलो समस्या रहेको आफुले पाएको बताउनु भयो । नेपालमा जन्मेर हुर्किएकालाई नागरिकताबाट वञ्चित गर्न नहुन्े बताउदै चाडै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कानुनको अभावका कारण नागरिकता वितरणमा केही समस्या देखिएको भएपनि समस्या अब छिट्टै सामधान हुने उहाँको दाबी थियो । नागरिकता सम्बन्धी कानुन निर्माणको प्रस्ताव सदनमा रहेको भएपनि एमालेको नियमित अबरोधका कारण कानुन निर्माण हुन नसकेकाले नागरिकता ऐन बनाउन नसकेपनि अब बनाउन लागि परेको जानकारी दिनुभयो । नागरिकता ऐन बनिसकेपछि पालिकास्तरमै टोली खटाएर नागरिकता वितरण गर्ने सरकारको सोच रहेको उहाँले प्रष्ट पार्नुभयो । मन्त्री खाँणले मधेसी जनता नेपालको सच्चा राष्ट्रवादी भएको बताउनुभयो ।

उहाँले मधेसी जनताले नेपालको भूमि र सीमाको पहरेदारी गरी रहेको समेत बताउनु भयो । त्यस अवसरमा सिम्रौनगढ नगरपालिकका उपप्रमुख रिमादेवी कुसवाहा, तत्कालीन तमलोपाका पूर्वकेन्द्रीय सदस्य मोहनमहतो कोइरी, पूर्वक्षेत्रीय अध्यक्ष ओमप्रकाश ठाकुर, बारागढी गाँउपालिका–६ मा तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट निर्वाचन वडाध्यक्ष निरज साहसहित विभिन्न पार्टीका एक हजार बढी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

मन्त्री खाँणले आजै ऐतिहासिक पोखरी झरौखरमा स्वर्गीय भागवतप्रसाद यादवको प्रतिमा अनावरण गर्नुभयो । कांग्रेसको सिद्धान्त राष्ट्रवादको जगमा उभिएको भन्दै मन्त्री खाँणले सबै भूगोल, जात धर्मका नेपालीलाई एकताको सुत्रमा बाँधेर नेपाललाई सबल र बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । मधेस प्रदेशलाई नेपालकै अब्बल प्रदेश बनाउन कांग्रेसले अग्रसरता लिने उहाँले बताउनुभयो ।

कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति विजयशङ्कर यादवको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा कांग्रेसका सहमहमन्त्री फरमुल्लह मञ्सुर, सहमहमन्त्री उमाकान्त चौधरी, अर्का सहमहमन्त्री महेन्द्र यादव, मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव, उपसभापति चन्द्रशेखर यादव , कांग्रेस बाराका सभापति राजेश राय यादव लगायतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content