बर्डफ्लू संक्रमण बढदै गएपछि बारामा उच्च सतर्कता

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । केही समय देखि बढदै गएको बर्डफ्लू संक्रमण नियन्त्रणका लागि बारामा उच्च सतर्कता अपनाउनु पर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू संक्रमण बढदै गएको जनाउदै बारा लगायत १३ जिल्लामा उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको हो ।

खुल्ला सिमाना रहेको मधेस प्रदेसका बारा, पर्सा र धनुषा लगायत १३ जिल्लालाई सतर्कता अपनाउन आग्रह भएको हो । माघ ११ गते तराईको सुनसरीमा पहिलो पटक देखिएको संक्रमण अहिले चार वटा प्रदेशका १३ जिल्लामा फैलिएको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले बताए । प्रदेश १ का मोरङ, उदयपुर र सुनसरी, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक एवं गण्डकी प्रदेशको कास्कीमा संक्रमण पुष्टि भएको विभागले जनाएको छ ।

संक्रमण भेटिएको ठाउँबाट अन्यत्र पशुपन्छीको ओसारपोसार नगर्न र पन्छी पालन गर्नेहरुले उच्च सतर्कता अपनाउने सम्बन्धमा विभागले व्यवसायीलाई निर्देशन दिएको पनि विभागले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content