निजगढ नगरपालिकाद्धारा लामखुट्टे मार्ने ओैषधी छर्ने कार्य सुरु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 936 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । चर्को गर्मीसगै निजगढमा लामखुट्टेको प्रकोप बढेपछि निजगढ नगरपालिकाले लामखुट्टे मार्ने ओैषधी स्प्रे छर्ने कार्य सुरु गरेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले निजगढका सबै वडामा दुई दुई जना औषधी छर्ने मानिस पठाएर लामखुट्टे मार्ने औषधी छर्ने काम शुरु गरेको स्वास्थ्य संम्योजक रमेश लामाले बताए । ल्याम्डासाई हालोथ्रिन नामक औषधी छर्ने काम भएको उनले बताए ।

यसले उडिरहेको लामखुट्टे नष्ट गर्न नसकेपनि जमेको पानी र हरियो घासहरु जहाँ लामखुट्टेले लार्भा जन्माउछ त्यस्ता ठाउमा छर्ने कार्य भएकोले लार्भा नष्ट गर्न सहयोग पुग्ने लामाले बताए ।

मानबको जनस्वास्थ्यमा असर नपर्ने गरी औषधी छनौट गरेको उनले बताए । अहिले लामखुट्टेको प्रकोप बढदै सार्वजनिक खुल्ला ठाउमा बस्नै अफठेरो भएको छ । यसले लामखुट्टेको उत्पादन रोकी केही कमी आउने उनले बताए । लामखुट्टेले मान्छे तथा पशुहरूको शरिरको रगत चुसेर एक प्राणीबाट अर्को प्राणिमा विभिन्न प्रकारका रोगहरू सार्ने गर्दछ । लामखुट्टेहरू धेरै प्रजातिका र विषालु हुने भएपछि विभिन्न रोगको प्रकोप ल्याउने गरेको छ ।

गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट कीटजन्य रोग औलो, मलेरिया, डेंगू, जापानिज इन्सेफ्लाइटीस, चिकन गुनीया, हात्तीपाइले रोग लगायत रोग लाग्ने गर्छ । कीटजन्य रोगबाट बच्ने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु हो ।

शेयर
प्रतिक्रिया
Skip to content