प्रजातन्त्रका सेनानी भागवतप्रसाद यादवको २८ बर्षपछि सालिक स्थापना

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 995 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा — राणाकाल र पञ्चायत व्यवस्थाविरुद्ध संघर्ष गरी प्रजातन्त्र ल्याउन पटक पटक लामो समय निर्वासन जीवन विताएका प्रजातन्त्रका सेनानी भागवतप्रसाद यादवको सालिक २८ बर्षपछि स्थापना भएको छ ।

यादबको आफनै गाँउ सिम्रौनगढ नगरपालिका–९ कचोर्वामा स्वर्गारोहण भएको २८ बर्षपछि सम्पन्न भएको हो । त्यो पनि यादबका आफनै पुत्र सिम्रौनगढ नगरपालिकाको नगरप्रमुख भएको पाँच बर्ष पुग्न लागी बाहिरिने समयमा सालिक स्थापना भएको हो । सिम्रौनगढ नगरपालिका–९ कचोर्वा बसवरियामा उनको सालिक स्थापना गरिएको हो ।

स्वर्गीय भागवतप्रसाद यादव स्मृति प्रतिष्ठानका अध्यक्ष तथा सिम्रौनगढका नगर प्रमुख विजयशंकर यादवले अर्धकदको शालिक स्थापना भई सालिकको सोमबार गृहमन्त्री बालकृष्ण खाँणले अनावरण गरी सकेको बताएका छन् ।

‘प्रजातन्त्र, देश र जनताका लागि बुवाले पुर्‍याउनुभएको योगदानलाई जीवन्त राख्न आफ्नै प्रयासमा सालिक स्थापना गरेको नगर प्रमुख यादवले बताए ।

वि.सं. १९७९ असार ९ मा जन्मेका यादवको निधन २०५१ वैशाख ५ मा ८१ वर्षको उमेरमा भएको थियो । गणेशमान र बीपी कोइरालाका समकालीन यादवले कोइरालासँगै राणाकाल र पञ्चायत व्यवस्थाविरुद्ध संघर्ष गरेका थिए । त्यस क्रममा उनी पटकपटक भारतमा प्रवास जीवन बिताउनुपरेको थियो ।

उनको योगदानको कदर गर्दै यस अघि पनि विभिन्न राजनैतिक दल र तत्कालिन जिल्ला विकास समितिले राणाकाल र पञ्चायत व्यवस्था विरुद्ध संघर्ष गरी प्रजातन्त्र ल्याउन भुमिका रहेको भन्दै पटक पटक शालिक बनाउने भन्दै निर्णय गर्दै आएका थिए । सालिक स्थापना भएपछि स्वर्गिय यादबको योगदानको एक पटक चर्चा पाएको छ ।

स्वर्गिय यादब २००७ साल गणेशमान सिंह र विपी कोईरालासगै आन्दोलनमा होमिएका थिए । २०१५ सालको सासद समेत भएका उनी पुर्व जनप्रतिनिधि समेत हुन । २०३८ मा भागेर भारत मात्र बस्नु परेपछि उनी पञ्चायत समेत प्रबेश गरी २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य समेत भएका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content