पर्सा । पर्साको बिरगन्जमा सम्पन्न अन्तर्राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगितामा वाग्मती प्रदेशले सर्वाधिक गोल्ड मेडल जितेको छ । प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल दोस्रो र आयोजक वीरगन्ज टोली तेस्रो भएको छ ।
नेपाल, भारत र बंगलादेशका गरी १३ वटा टिम सहभागी रहेको प्रतियोगितामा सर्वाधिक मेडल जितेर पहिलो भएकोमा वाग्मती प्रदेशले नगद ५० हजार नगद पुरस्कार जितेको छ ।
वाग्मती प्रदेशका खेलाडीले ५ वटा गोल्ड, २ वटा सिल्भर र पाँचवटा ब्राउन्ज मेडल हासिल गरेको छन् । विभागीय टोली सशस्त्र प्रहरीले ४ वटा गोल्ड, २–२ वटा सिल्भर र ब्राउन्ज जितेका छन् । दोस्रो भएको सशस्त्र प्रहरी बललाई २५ हजार रुपैयाँ हासिल गरेको छ ।
यसैगरी आयोजक वीरगन्जको टिमले तीनवटा गोल्ड, ५ वटा सिल्भर र तीनवटा ब्राउन्ज मेडल प्राप्त गरेका छन् । तेस्रो भएको आयोजक वीरगन्ज टीमलाई १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । बंगलादेशका खेलाडीले २ वटा सिल्भर र ३ वटा ब्राउन्ज मेडल जिते । भारतको टोलीले दुईवटा सिल्भर मेडल जितेका छन् ।
प्रतियोगिताको बेस्ट फाइटर पुरुषको उपाधि अफताब आलम घोषित भएका थिए । बेस्ट महिला फाइटरको उपाधि गीता विष्टले पाइन् । दुवै खेलाडीले जनही २५–२५ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरे ।
शनिबार राति भएको फाइनल खेलमा ४१ केजी तौल समूहमा वाग्मतीकी पुनम खत्री, ४४ केजी तैल समूहको खेलमा वाग्मती प्रदेशकै सदिक्षा कार्की, ५३ केजीमा वाग्मतीकै सामना खडकी र ४९ केजी समूहमा सशस्त्र प्रहरीकी गिता बिस्टले गोल्ड मेडल जितेका थिए ।
यसैगरी पुरुष तर्फको ४१ केजी तौल समूहमा आयोजक वीरगन्ज टोलीका सिधान्त प्रजापति, ४८ केजी तौल समूहमा आयोजक वीरगन्जकै एम.डी.ओशामा हवारी, ५८ केजी सूमहमा सशस्त्र प्रहरीका एमडी रफियान, ४५ केजी समूहमा मधेस प्रदेशका निश्चल धामी, ५० केजी समूहमा आयोजक वीरगन्जका आफताब आलम, ४३ केजीमा आयोजक टोलीकै सुदिप नेपाली, ७४ केजीमा सशस्त्र प्रहरी बलका उमेर राजभण्डारीले गोल्ड मेडल हासिल गरेका थिए ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा नेपालको ९ वटा, भारतको ३ र बंगलादेशको एउटा टिमले प्रतिस्पर्धा गरेका थिए । पर्सा जिल्ला तेक्वान्दो कार्य समितिले आयोजना गरेको प्रतियोगितमा नेपाल तेक्वान्दो संघका प्राविधिकसँगको समन्वयमा प्रतियोगिता सञ्चालन गरेको हो ।
प्रतियोगिताको उद्धघाटन प्रदेशका खानेपानी मन्त्री ओम प्रकाश शर्माले गरेका थिए । पर्सा जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षता र प्रतियोगिताका सम्योजक बिरेन्द कहादुर कुर्मीको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो ।
समापन बिरगन्ज महानगरका नगर प्रमुख बिजय शरावगीले गरेका हुन ।