सवारी दुर्घटनामा बारा जीतपुर निवासी क्षेत्रीको मृत्यु

तराइ संचार
तराइ संचार 925 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको जितपुरसिमरा ३ स्थित सिपर्दी ट्रेडिङ नजिकै बिरगंज पथलैया सडक खण्डमा सडक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटी चालक जितपुरसिमरा ७ बस्ने वर्ष ६० को कन्हैया बहादुर क्षेत्रीको मृत्यु भएको हो ।

टाउको, मुख, खुट्टामा गम्भिर चोट लागि अल्पाइन अस्पताल सिमरामा सामान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज नेशनल मेडिकल कलेज पठाईएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

जितपुर तर्फ बाट सिमरा तर्फ आउंदै गरेको ना.५ ख ७५०७ न. को ट्रकले सोहि दिशा तर्फ बाट आउंदै गरेको प्रदेश २–०३–०१४ प.१३६२ नं.को स्कुटी लार्इ ठक्कर दिंदा सो दुर्घटना भएको हो । ट्रक, चालक, स्कुटी यस प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content