नेपाली काग्रेस जीतपुरसिमरास्थित वडा नं. २ को वडा कार्यालय उद्धघाटन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.3k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपाली काग्रेस जीतपुरसिमरास्थित वडा नं. २ को वडा कार्यालय आज एक समारोहका बिच शुरु गरिएको छ । नजिकिदै गरेको निर्वाचनमा राजनैतिक दलहरुको सकृयता बढीरहेको सन्र्दभमा वडा कार्यालयको प्रदेश सभासद एवम महाधिबेशन प्रतिनिधि शोभा लामाले रिवन काटेर कार्यालयको उद्धघाटन गरेकी हुन ।

वडा सभापति सन्तोष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय महाधिबेशन  प्रतिनिधि एवम पुर्व नगर सभापति श्यामबाबु गुप्ता जिल्ला सदस्य हरी थपलिया, बिनोद मण्डल,दिपकराज शर्मा, क्षेत्र नं ४ कका सभापति सुमन कुमार भट्टराई, नगर सभापति छविलाल शर्मा , नेता कृष्णब्रत सिह, महाधिबेशन प्रतिनिधि राधादेवी साह, राम प्रसाद अधिकारी, ओमकृष्ण कार्की लगायतको सहभागिता रहेको थियो । कार्यालय जीतपुरसिमरा वडा नं. २ बाबा मार्केट सिमरामा उद्धघाटन गरिएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content