मेलम्चीको पानी काठमाण्डौ ल्याउन आजदेखि सुरुङमा पानी हालिने

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाण्डौ । मेलम्चीको पानी आजदेखि सुरुङमा हालिने भएको छ । योसगै अब केही दिनमै काठमाण्डौबासीले खानेपानी पाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाइने जनाएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन लागिएको जानकारी दिए ।

केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उनले बताए। इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साताजति लाग्नेछ ।

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content