किसानलाई मलखाद पुराउन नसक्नेले सरकारको अनुभुती दिन सकेका छैनन– अध्यक्ष लिङ्देन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.6k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले किसानलाई मलखाद पुराउन नसक्नेले सरकारको अनुभुती दिन नसकेको बताएका छन । उहाँले अहिलेको व्यवस्थानै ठिक नभएको बताउदै नेपाली जनतालाई सास्ती भएकोले ब्यबस्थानै फेर्नुपर्ने बताउनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको कलैयाको सिद्धेश्वर संस्कृत माविमा सम्पन्न आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन ।
मधेसमा अन्त भन्दा बढी महगी बढेको उहाँले बताउन भयो । देशमा भ्रष्टाचार मौलाउदै गएकोमा चिन्ता ब्यप्त गर्दै भ्रष्टचार बढनुमा नेता मात्र दोषी नभएर जनता पनि दोषी रहेको प्रमुख अतिथि लिङ्देनले बताउनुभयो । उहाँले एकदुई छाक खाना र मदिरामा मत बेचेका कारण राम्रा जनप्रतिनिधि आउन नसक्ने र भ्रष्ट्रचार बढेको तथा विकृति बढेको लिङदेन बताउनुभयो ।

राप्रपाका जिल्ला अध्यक्ष गिरधारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरु सह–महामन्त्री मोहन प्रसाद यादव ,केन्द्रीय सदस्य राज नारायण साह ,केन्द्रीय सदस्य सुष्मा मिश्र , विनोद भारती लगायतले मन्तब्य ब्यप्त गर्दै राप्रपालाई मत दिन आग्रह गरेका हुन । बाराको १६ पालिकाबाट राप्रपाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा अरु पार्टी परित्याग गरि केही मानिस राप्रपामा प्रवेश गरेका थिए । कार्यक्रमको सञ्चालन खड्ग प्रसाद उप्रेतीले गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content