काग्रेस बारामा सपथग्रहणनै नभई सभापतिको अनुपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । नेपाली काग्रेस बाराको नव निर्वाचित कार्यसमितिको पहिलो कार्यक्रमनै विवाद बनेको छ । निर्वाचन भएर सबै सदस्यहरुको नाम सार्वजनिक नभएको र सपथ ग्रहण समेत हुन बाँकी रहेपनि सभापतिलाई सल्लाहनै नगरी उपसभापति मनोज भट्टको अध्यक्षतामा नेपाली काँग्रेस बारा जिल्लाका नव निर्वाचित पदाधिकारी सहित कार्यसमितिहरुसँगको शुभकामना आदानप्रदान एवम् परिचयात्मक कार्यक्रम गरेपछि पहिलो कार्यक्रममै गुटबन्दी र खल्लो बन्न पुगेको छ ।

नव निर्वाचित सभापति राजेश राय यादबले आफुसग कसैले सल्लाह समेत नगरेको बताउनु भयो । उहाँले आफु जिल्लाको विवाद मिलाएर सपथग्रहणमा जुटेको बेला सल्लाहनै नगरी कार्यक्रम गरेर कस्तो सन्देश दिन खोजेको आफुले नबुझेको बताए । यसले भोलीको दिनमा काग्रेसलाई एक ठिक्का बनाएर निर्वाचनमा होमिनु पर्ने समयमा अब कसैले पनि गुटको राजनिति गर्नु हुदैन । यदी कसैले गर्छ भने घाटा उसैलाई हुने उनले बताए ।

सभापतिको अनुपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम भएको खबर पाएपछि आफु लगायत धेरै सदस्य सहभागी नभएको नवनिर्बाचित सदस्य हरी थपलियाले बताए ।

उपसभापति मनोज भट्टको अध्यक्षता र सचिब भैयाराम यादबको सञ्चालनमा भएको कार्यक्रममा नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले मधेस केन्द्रित दलका नेताहरू सता र शक्तिका लागि मात्र राजनीतिक गरिरहेको बताउनुभएको थियो । तराई मधेसका जनताको समस्या समाधान गर्ने पार्टी नेपाली काँग्रेस मात्र रहेको उपसभापति यादवले बताए । उहाँले देशको निकासका लागि पनि नेपाली काग्रेस पार्टी जहिले पनि अग्रपंतिmमा रही काम गरिरहेको बताउनुभयो ।

उहाँले पार्टीमा सहमति, सहकार्य र एकता कायम गर्दै सबैलाई एकताको सूत्रमा बाँधी एक ढिक्का बनाई काँग्रेसलाई अगाडी बढाउन दायित्व नव निर्वाचित नेतृत्वको भएको समेत बताउनु भएको थियो । कार्यक्रममा सभापतिका प्रत्यासी शम्भु बहादुर बुढाथोकी, पुर्व सभापति जयचन्द्र चौरसिया, १ नं. क्षेत्रिय सभापति बिजयशंकर यादब, सचिब राजेश रौनियार लगायतले मन्तब्य ब्यप्त गरेका थिए । नेपाली काग्रेसको निर्वाचनको सम्पुर्ण जानकारीनै आई नसकेको समयमा र सपथ ग्रहणनै नभई भएको नेपाली काग्रेस बाराको पहिलो कार्यक्रममा सबैलाई खबर नभएको र हतारमा गरिएको आरोप लागेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content