काठमाडौं । नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
गत आइतबार तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबारसम्म घटबढ हुँदै ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।