निजगढ । नेपाली कांग्रेस निजगढ कार्यसमितिको आयोजनामा स्थानीय निर्वाचन सन्दर्भमा अगुवा कार्यकर्ता भेला र नंया वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकोछ ।
कार्यक्रममा अगुवा नेता कार्यकर्ताहरु आरोप प्रत्यारोपमा उत्रदा उपस्थित कार्यकर्ताहरुले नेताहरुलाई खबरदारी गरेका छन् । नगर कार्यसमितिले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरेको भएपनि पार्टीको निर्वाचनका बिषयलाई लिएर आरोप प्रत्यारोप गरेका हुन । स्थानीय कार्यकर्ताहरुले भने एक ठाउमा बसेर मन्थन हुन राम्रो भएपनि निर्वाचनमा काग्रेस एक ढिक्का भएर जानुको विकल्प नभएको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि नेपाली कांग्रेस मधेश प्रदेश सदस्य सिता मैनालीले आगामी निर्वाचनमा महिलाहरुलाई पनि समान रुपले जनप्रतिनिधिमा निर्वाचित गराउनु पर्ने बताउनु भयो । कार्यक्रमकी विशिष्ट अतिथि कांग्रेस मधेश प्रदेश सदस्य मनमाया तामाङले नेपालि सबैलाई समेटेर पार्टीले निर्वाचनमा एक ढिक्का भई लाग्नुपर्ने बताईन ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निजगढका मेयर सुरेश कुमार खनालले स्थानीय निर्वाचनमा निजगढमा नेपालि कांग्रेस बिजयी हुने दाबी गर्नुभयो । आफ्नो कार्यकालमा निजगढलाई सुशासन र बिकासको पथमा अघि बढाएको बताउनुहुँदै मेयर खनालले निजगढका जनताले कांग्रेसको नेतृत्व चाहेको बताउनुभयो । कांग्रेस एक भएर निर्वाचनमा जाँदा कुनैपनि शक्तिले पराजित गर्न नसक्ने खनालले बताए ।
त्यसैगरी नेपाली कांग्रेसका नेता पेमासिद्धि लामाले स्थानीय निर्वाचनमा जाँदै गर्दा निजगढलाई समृद्ध बनाउने कांग्रेसको स्पष्ट योजना सहित प्रस्तुत हुनुपर्ने कुरामा जोड दिनुभयो । नेता लामाले नेपालि कांग्रेस फेरिपनि निजगढमा नेतृत्व गर्नेगरी चुनावी रणनीति तयार गरिने बताउनुभयो ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु शम्भु बहादुर बुढाथोकी , महेशी कुमर, भाईकाजी श्रेष्ठ, बिष्णु खड्का, पदम बहादुर भण्डारी, नेपाली कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशासभा निर्वाचन क्षेत्र क का सभापति टेक बहादुर लामा, जिल्ला सदस्य तनुजा लो, प्रजातान्त्रिक सेनानी संघ बाराका सभापति किशोर नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उद्योग वाणिज्य संघ निजगढको सभाहलमा सम्पन्न कार्यक्रममा १३ वटै वडाका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेकोथियो ।
नेपालि कांग्रेस निजगढका सभापति नवराज तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नगर उपसभापति ज्ञान बहादुर गोलेले व्यक्त गर्नुभएकोथियो भने संचालन सचिव मधु तिमल्सिनाले गर्नुभएको थियो ।