निजगढका नगरप्रमुख सुरेश खनालद्धारा सवारीसाधन फिर्ता

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढका नगरप्रमुख सुरेश कुमार खनालले आफुले प्रयोग गर्दै आएको सवारीसाधन नगरपालिकालाई फिर्ता गरेका छन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन कुमार कार्कीलाई हस्तान्तरण गर्नु भएको हो । नगरप्रमुख खनालले आज बुधबार एक समारोहकाबिच अधिकृत कार्कीलाई चाबी हस्तान्तरण गर्नुभएको हो ।

वैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनको लागि आचार संहितालाई लक्षित गर्दै आफुले प्रयोग गर्दै आएको सरकारी सवारी साधन नगरपालिकाकालाई फिर्ता गरेकोे नगरप्रमुख खनालले बताउनु भयो । नगरप्रमुख खनालले सवारी साधनसंगै व्यक्तिगतरुपमा प्राप्त हुने अन्य सेवा सुविधाहरु पनि नलिने घोषणा गन भएको छ ।

नगरप्रमुख खनाल आसन्न स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निजगढको नगरप्रमुख पदमा पुनः आकांक्षी भएको बताएका छन् । निर्वाचन आचासंहिताले सरकारी कुनैपनि सुबिधा नलिएकाले मात्र निर्वाचनमा सहभागी हुन पाउने भएपछि खनालले सेवा सुविधा त्यागेर उम्मेदबारीको तयारी गरेको चर्चा हुन थालेको छ ।

कार्यसम्पादन मुल्यांकनमा मधेश प्रदेशमै उत्कृष्ट नगरपालिकाकोरुपमा काम गरेपनि धेरै योजना र निजगढलाई स्मार्टसिटी बनाउने आफनो अधुरो योजना सम्पन्न गर्न एक पटक फेरी नगरप्रमुखकारुपमा दोहोरिन चाहेको खनालले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content