बारामा तेक्वान्दो खेलाडी तथा खेलप्रेमी सम्मान कार्यक्रम

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.7k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति बाराले एक समारोहबिच खेलाडी तथा खेलप्रेमी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष चित्र बहादुर लामाको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा तेक्वान्दो खेलका खेलाडी, सहयोगी, प्रशिक्षक, डोजाङ प्रमुख, प्रदेशका अध्यक्ष पदाधिकारी केन्द्रिय सदस्य लगायतलाई सम्मान गरेको हो ।

कार्यक्रममा बाराको उत्कृष्ट डोजाङकारुपमा आदर्श हिमचुली तेक्वान्दो डोजाङलाई नगद रु पा“च हजार र खेल सामाग्री समेतले सम्मान गरिएको थियो । त्यसैगरी बाराका उत्कृष्ट पुरुष खेलाडी बर्षात लामा र महिला खेलाडी सम्झना पाख्रिनलाई नगद रु पाच हजार सहित सम्मान गरिएको थियो । कलैया तेक्वान्दो डोजाङलाई २५ हजार बराबरको खेल सामाग्री सहित सम्मा गरिएको थियो ।


एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकाका सञ्चालक तेक्वान्दो मास्टर कुमार कार्कीको सहयोगमा सम्पन्न सम्मान कार्यक्रममा संघका केन्द्रिय सदस्य गुरुप्रसाद गौतम, मधेस प्रदेश तेक्वान्दो संघका अध्यक्ष पेमासिद्धि लामा, महासचिब राजकुमार लामा, सदस्य मुक्ती प्रसाद यादब, रबिन्द्र यादब, सहायक प्रशिक्षक हेमलाल श्रेष्ठ, निजगढ तेक्वान्दो डोजाङका प्रमुख शंकर लामा, खेलाडीहरु संजय साह, अमित सिह, सुमन श्रेष्ठ, भावना लामा, पार्वती बस्नेत, बलराम कार्की, संजिब नेपाली, श्याम लामा लगायतलाई सम्मान गरिएको थियो ।

त्यसैगरी सहयोगीहरु मिना लामा, कुमार पोख्रेल, दिपेन्द्र श्रेष्ठ, नारायण शर्मा उप्रेती , जय लामा, सागर लामा, श्रीराम चौलागाई, गोपालकाजी श्रेष्ठ, जनक श्रेष्ठ लगायतलाई समेत सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरपालिकाकी नगर उपप्रमुख लिलादेवी लामिछाने खनाल, विशिष्ट अतिथि केन्द्रिय सदस्य गुरुप्रसाद गौतम, मधेश प्रदेश अध्यक्ष पेमासिद्धि लामा, निजगढ तेक्वान्दो डोजाङका प्रमुख शंकर लामा, शसस्त्र प्रहरीका डिएस्पी उद्धब वन लगायतले सम्मान तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन दिपक खडकाले गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content