सिमरा । बारा जिल्ला जितपुरसिमरा – १६ डकाहमा जनावरको सिकार गर्न थापेको पासोमा परी एक युवकको मृत्यु भएको छ । डकाह निवासी ईन्द्र बहादुर सिंजाली मगरको छोरा २८ बर्षिय सागर सिंजाली मगरको मृत्यु भएको हो । दुधौरा खोलाको सिरु घारीमा सिकारीले जंगली जनवारको सिकारको लागि थापेको भरुवा बन्दुकको धरापमा परी उनको मृत्यु भएको हो ।
दुधौरा खोलामा माछा मारी फर्कने क्रममा मगर लाई लागि घाईते भई उपचारको लागी बयोधा अस्पताल बिरगंज लगिएकोमा उपचारको क्रममामा मृत्यु भएको प्रहरीले जनाएको छ । डुमरवाना पोस्ट बाट खटी गएको टोलीले सो स्थानबाट १ थान भरुवा बन्दुक बरामद भएको र आवश्यक खोजतलास भई रहेको प्रहरीले जनाएको छ ।