बारा जिल्लाको जितपुरसिमरा –२१ पुर्ब पश्चिम लोकराज मार्ग सडक खण्डको आधाभार जंगलमा सिमरा बाट हेटौडा तर्फ जादै गरेको बा–१९ च.४३७७ नं. को स्कर्पियो आफै अनियन्त्रित भई दुर्घटना हुदा एकको मृत्यु हुनुको साथै १३ घाईते भएका छन् ।
जितपुरसिमरा –११ बस्ने बर्ष २५ को चालक लोकनाथ सेढाईको मृत्ुयु भएको हो । स्कर्पियोमा सवार मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भिर घाईते हुनेहरुमा पर्सा बिन्दवासिनी २ बस्ने बर्ष २२ को प्रेम साह , पर्सा बिन्दवासिनी २ बस्ने बर्ष १२ को राजु गुप्ता , बारा जितपुरसिमरा ७ बस्ने बर्ष २५ कि निर्मला देवी साह रहेका छन् ।
अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईतेहरुमा जितपुरसिमरा –११ बस्ने २२ को उषा सेढाई, बर्ष २ को अभय सेढाई , बर्ष ४ को अंशु सेढाई रहेका छन् त्यसैगरी बिरगंज ३२ बस्ने बर्ष ५३ को लालमुनि देवी सोही निवासी बर्ष १४ को आशा साह, जितपुरसिमरा –११ बस्ने बर्ष ४० को इच्छा देवी मिजार, सोही ठाउका बर्ष ४८को जोगी मिजार, जितपुरसिमरा ०७ बस्ने नाम र बर्ष नखुलेको , जितपुरसिमरा ७ बस्ने बर्ष ९ को निखिल कुमा साह , जितपुरसिमरा ७ बस्ने बर्ष ७ को निवेश कुमा साहलाई बिरगंज स्थित बयोधा अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।