कलैया । बाराको सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख बिजयशंकर यादवले सिम्रौनगढको बृहतर बिकास र समृद्धिका लागि नेपाली काँग्रेसलाई जिताउन आग्रह गरेका छन् ।
नेपाली काँग्रेस सिम्रौनगढ नगरपालिका वडा नं ११ रामनगर टोलमा वडा सभापति सुरेन्द्र जयसवालको अध्यक्षता शुक्रबार सम्पन्न कार्यकर्ता भेलालाई सम्बोधन गर्दै १ नं. क्षेत्रका क्षेत्रिय सभापति समेत रहेका नेता यादबले सो कुरा बताएका हुन । आफुले नगरको विकासका लागि तयार गरेका धेरै कार्यहरु अधुरो रहेको र यी बिकासका लागि अधुरा रहेको योजनालाई सम्पन्न गर्न नेपाली काँग्रेस पार्टीलाई विजयी बनाउन उनले आग्रह गरे ।
नगरभित्र रहेको ११ वटा वडामा स्थानीय चुनावलाई केन्द्रित गरी चुनावी लक्षित कार्यक्रम अन्तरगत युवा परिचालन, प्रचार प्रसार समिति गठन गरी पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जागरुप गर्ने कार्यक्रम अन्र्तगत कार्यकर्ता भेला सम्पन्न भएको हो ।
भेलामा नेपाली काँग्रेसका जिल्ला सहसचिव कृष्णदेव जयसवाल, जिल्ला सदस्य अरुण यादव गुडु, प्रदेशसभा ख का सभापति मोहन कुसवाहा, नगरसभापति नागेन्द्र प्रसाद साह लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए ।
नेपाली काँग्रेस मधेस प्रदेशका सदस्य उपेन्द्र प्रसाद जयसवालको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा पार्टीका विभिन्न तह र तप्काका अगुवाहरुको उपस्थिति रहेको थियो ।