कलैया । बारामा मानवीय लापर्वाहीले एकै दिन चार स्थानमा आगलागि हुदा लाखैको धनमाल जलेर नष्ट भएको छ ।
बाराको महागढीमाई , कलैया , जीतपुरसिमरा र देवतालमा गरी शुक्रबार एकैदिन चार स्थानमा आगलागि भएको हो । आगलागिबाट करिब ३० लाख क्षति भएको प्रहरीले जनाएको छ । महागढीमाई १ बरियारपुर स्थित भोला चुरिहारले आफ्नै गँहु काटि सकेको खेतमा राखेको गँहुको ठुटा जलाउने क्रममा आगो लाग्दा सात जना छिमेकीको अन्नपात गरी एक लाख ५२ हजार बराबरको क्षति भएको हो ।
त्यसैगरी कलैया १२ सितलपुरमा सोनालाल यादवले गँहुको भुसमा आगो लगाई नष्ट गर्दा,उक्त आगो बढेर रसुला आलम,भास्कर प्र साह र मकसुद अंसारीले संचालन गरेको बारा पोल्ट्री फर्म कलैयाको २ वटा कुखुरा पाल्ने फुसको छानो भएको खोरमा आगो सल्की पाँच ५ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै देवताल७ पिपरपाती बस्ने बिजय यादवले आफ्नो खेतमा रहेको गहुँ काटी खेतमा बाकी रहेको गँहु डाठ जलाउने क्रममा दिनानाथ यादवको एक बिगहा खेतमा काट्न बाकी रहेको गहुँमा आगो लागि ८५ मन गहुँ जली नष्ट भएको हो ।
त्यस्तै जितपुरसिमरा १ पथलैया बस्ने शारदा देवी क्षेत्रीको जग्गामा हाइवा इन्फाटेट प्रा लि.ले बिजुलीको सरसामान भाडामा लिई राखेकोमा सोही ठाउ ।बस्ने मंजु भट्टराईको करेसामा फोहोर जलाउन बालेको आगो बाट उक्त सरसामानमा आगो सल्किन गइ आगोलागी बिभिन्न सामाग्री गरी करिब बिस लाख बराबरको क्षति भएको हो ।