पाँच दलिय गठबन्धन दलहरुको जीतपुरसिमरा उपमहानगरका दलहरुको सम्युक्त बैठक सम्पन्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

  सिमरा । सरकारको नेतृत्व गरेका पाँच दलिय गठबन्धन दलहरुको जीतपुरसिमरा उपमहानगरका दलहरुको सम्युक्त बैठक सम्पन्न भएको छ । बैठकमा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्र दुवै दलले नगरप्रमुख दावी गरेपछि बैठक विना निष्कृर्ष सकिएको छ ।

   नगरप्रमुख र उपप्रमुखमा कुरा नमिलेपछि वडा अध्यक्षहरुका बारेमा छलफल भएपनि अर्को बैठकमा छलफल गरी निर्णय गर्ने बताईएको छ ।

बैठकमा नेपाली काग्रेसबाट छविलाल शर्मा, सुमन भट्टराई, राधादेवी शाह, नेकपा माओवादी केन्द्रबाट जयराम दहाल, हरि चौलागाई लालकिरण, प्रेम बराल जसपाबाट भरत खड्का, सोहन शर्मा, नेकपा एकिकृत समाजवादीबाट सुन्दर बिश्वकर्मा, कृष्ण खनाल, पुर्णचन्द्र तिमल्सिना र जनमोर्चाबाट धमानन्द पाध्याय रहेका थिए ।

उम्मेद्धवारको टुंगो लगाउन बाराको सिमरामा आज बसेको उप–महानगर स्तरीय ५ दलिय गठबन्धनको बैठक बिना निश्कर्ष टुंगिएपछि छलफल गर्दै अघि बढने गरी बैठक बिना निश्कर्ष टुंगिएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content