बारामा फेरी बाघको आक्रमण एक महिला घाईते

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । बारामा बाघको आक्रमणमा परि एक युवकको मृत्यु भएको एक हप्ता बित्न नपाउदै फेरी बाघले आक्रमण गरी एक महिला घाईते बताएको छ । बारा निजगढ ११ रतनपुर स्थित तपभुमी सामुदयिक बनमा बाख्रा चराउन गएकी बर्ष ३८ की माईली माया रुम्बालाई बाघले आक्रमण गरी घाईते बनाएको हो ।

घाटीमा र छातीमा चोट पुगी घाईते भएकी उनलाई उपचारको लागि स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी चितवन पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यस अघि बाघको आक्रमणबाट मृत्यु हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्तीका ३१ वर्षिय सुरेश मगरको रहेका थिए । आरक्ष र जङल क्षेत्रमा आगलागि हुन थालेपछि बाघ आरक्षको बाघ बस्ती छेउ आउने क्रम बढेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content