कलैया । नेपाली काग्रेस बाराको जिल्ला कार्य समितिको भर्खरै सम्पन्न १४ महाधिबेशनमा सबै पद सार्वजनिक भई सकेको छ । अन्य पदहरुको भन्दा सदस्यहरुको मत गणनामा ढिलाई भएको हो ।
सदस्यहरुको मत गणनामा बिवाद भएपनि पछि सहमति भएको हो । पछिल्लो नतिजाले सभापति राजेश राय यादब पक्षको बहुमत पुगेको सभापति निकटहरुले बताएका छन् । सभापति सहित ८० सदस्यीय निर्वाचित कार्यसमितिमा पालिकाहरुबाट २९ सदस्य, विभिन्न क्लस्टरबाट १२, एक सभापति र सर्वसम्मत दुई सदस्य गरी ४४ पद आफुहरुले जितेको सभापति यादबले बताए । सभापति यादबले अब बहुमत अल्पमत भन्दा पार्टीको विधि र सिद्धान्त अनुसार सबैलाई समेटेर लैजान आफनो प्रयास रहने बताउनु भएको छ ।
बुढाथोकी समुहको पदाधिकारीमा बर्चस्व
सभापतिमा दोश्रो चरणमा पराजित शम्भु बहादुर बुढाथोकी समुहले पदाधिकारीमा भने बर्चस्व बनाएको छ । यो समुहले छ पदाधिकारी मध्ये चार जनालाई विजयी बनाएको छ । रामानन्द समुहबाट दुई पदाधिकारी मनोज भट्ट र राजेश रौनियार समेत दोश्रो चरणमा बुढाथोकी समुहलाई सहयोग गरेका हुन । उप–सभापतिमा मनोज भट्ट र अमिरिलाल राउत निर्वाचित भएका छन् । भट्ट रामानन्द प्यानलबाट उम्मेदबार बनेका हुन भने राउत बुढाथोकी समूहबाट उम्मेदबार बनी बिजयी भएका हुन । सचिवमा भैयाराम यादव र राजेश रौनियार निर्वाचित भएका छन् । यादव बुढाथोकी समूह र रौनियार रामानन्द समूहबाट उम्मेदबार बनेका हुन । त्यस्तै सह–सचिवमा कृष्ण देव प्रसाद जयसवाल र प्रमोद प्रसाद यादव निर्वाचित भएका छन् । यादव र जैसवाल दुवै बुढाथोकी समूहका उम्मेदबार हुन ।
सदस्यहरुमा को को भए विजयी
१ कलैया उपमहानगरबाट
मन्जुदेवी चौधरी, चन्दा देवी, योगेन्द्र प्रसाद कुश्वाहा, विनोद मणी महतो (विनोद मण्डल) र जंग बहादुर चौरसिया
२ जीतपुरसिमरा उपमहानगरबाट
दुर्गा कुमारी रिजाल, राधादेवी साह, हरी प्रसाद थपलिया, महेन्द्र साह तेली र राजेश बाबु शर्मा
३ निजगढ नगरपालिकाबाट
हिरालक्ष्मी शाही, गोपाल रिसाल, मानबहादुर जिम्बा
४ सिम्रौनगढ नगरपालिकाबाट
शिला देवी, रुपनारायण मुखिया, राम बहादुर सहनी
५ कोल्हबी नगरपालिकाबाट
मेनुका गुरागाई , राजेश कुमार चौधरी, चुडामणी अधिकारी
६ महागढीमाई नगरपालिकाबाट
शान्तीदेवी यादब, रामजनम यादब, तेजलाल प्रसाद यादब
७ पचरौता नगरपालिकाबाट
चन्दा कुमारी शर्मा , रविन्द्र यादब, हिब्जा खातुन,
८ करैयामाई गाउपालिकाबाट
सन्झा कुमारी कुमईन, रामबालक जैसवाल
९ फेटाबाट
सोना देवी , हरी शंकर प्रसाद साह
१० विश्रामपुरबाट
कान्ति देवी, राजेन्द्र राउत कुर्मी
११ प्रसौनीबाट
सुनैनादेवी कलवार, लालबाबु साह कानु
१२ परवानीपुरबाट
जोनिया देवी कलवार , प्रमोद कुमार सिहं
१३ आदर्श कोतवाल गा.पा.
रिता देवी पाण्डे , चन्द्रिका साह कानु
१४ बारागढी गा.पा.
चिन्तादेवी यादब , जमिरा पंडित
१५ सुवर्ण गापा.
पिंकी देवी यादब, रामएकवाल यादब
१६ देवताल गापा
छठिया देवी सहनी, महेन्द्र प्रसाद यादब
समावेशी समूह तर्फ
दिपकराज शर्मा
बुद्धिमान घलान
नन्देश राउत सिँह
रामनारायण यादब
राममणी गुप्ता
बिरेन्द्र प्रसाद यादब
ईन्दुदेवी कुर्मीन
भगवानी दुसादिन
मुनादेवी पासवान
बिनोद कुमार मण्डल
अच्छेलाल चौधरी
रिजवान अंसारी
कृष्ण प्रसाद खरेल
विमला नेपाल
तनुजा कुमारी लो
अजित कुमार चौरसिया
अरुण कुमारी यादब गुडु
दिप प्रकाश गुप्ता
प्रेमचन्द महतो
सुवास प्रसाद यादब
महन्थ राम हरजन
महमद खालिद अंसारी
जमुना देवी
प्रियन्का कुमारी दास
सावित्रि देवी चौरसिया
शेसिला देवी
अफतर हुसैन
अकबरी बेगम
जुना देवी फौजदार
राम प्रमोद साह कानु (रामचन्द्र)