जीतपुरसिमराका लागि एमालेले नगर प्रमुखमा १० र उपप्रमुखमा पाँचको नाम सिफारिस

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा आउदै गरेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले नगर प्रमुखमा उम्मेदवार बनाउन सहमति जुटाउन नसकेपछि १० जनाको नाम सिफारिस गरेको छ । जीतपुरसिमरा नगर समितिका अध्यक्ष भोला अधिकारीले उपप्रमुखमा भने ५ जनाको नाम सिफारिस गरेका छन् ।

नगर समितिका अध्यक्ष अधिकारीले जिल्ला अध्यक्ष विनोद साह मार्फत जिल्ला कार्य समितिलाई सोमबार नाम सिफारिस गरेका हुन् ।

केन्द्रले एक पदमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि सहमति नजुटेपछि आकांक्षी सबैको नाम सिफारिस गरिएको हो ।

सिफारिस भएका नगर प्रमुखका आकाक्षी उम्मेदबारहरुमा मनोज पौडेल, उपप्रमुख सरस्वती देवी चौधरी, एमाले नेताहरु कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिल मैनाली, महादेव चौधरी, प्रल्हाद साह, राधेश्याम सिवाकोटी, विश्वनाथ लामिछानेको नाम सिफारिस गरिएको हो ।

उप प्रमुखमा नगर कमिटी अध्यक्ष भोला अधिकारी, जिल्ला सदस्य रेनु रिमाल, नेताहरु अशोक लामा, कमला घिमिरे, सरिता चौधरीको नाम सिफारिस गरिएको छ । नगर प्रमुख र उप प्रमुखमा उम्मेदवार हुन इच्छुक सबैको नाम सिफारिस गरिएको अध्यक्ष अधिकारीले बताए । सहमति हुन नसकेपछि सबैको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको अध्यक्ष अधिकारीले बताए ।

माओवादी केन्द्रको प्रमुखमा आठ र उपप्रमुखमा चार आकांक्षी

नेकपा माओवादी केन्द्रबाट प्रमुखमा आठ र उपप्रमुखमा चार जनाले आकांक्षी देखिएका छन्।
माओवादी केन्द्रबाट प्रमुख पदका लागि राजन पौडेल, क्षेत्रबहादुर श्रेष्ठ, जयाराम दाहाल, रामशरण बर्तौला, गिता कंडेल, शिला खनाल, धनबहादुर श्रेष्ठ र रामराज चौधरीले दावी प्रस्तुत गरेका हुन् । यसैगरी उपप्रमुखमा प्रेम बराल, क्यामुदिन मंसुरी, रोमा चौधरी र शिवशंकर चौधरीले दावी प्रस्तुत गरेका छन् ।
बैठकमा प्रमुख र उपप्रमुख पदका लागि आकांक्षी धेरै देखिएपछि छलफल गरेर प्रदेशमा सिफारिस गर्ने नगर कमिटी अध्यक्ष बरालले बताए।

शेयर
प्रतिक्रिया
Skip to content