प्रसुती गृहको अर्को लापर्वाही, सर्पको डसाईबाट निजगढमा एकको मृत्यु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । ब्यक्तीगत लापर्वाहीका कारण सर्पको डसाईबाट बारा निजगढमा एक जनाको मृत्यु भएको छ ।

      मृत्यु हुनेमा बारा निजगढ ५ निवासी यम प्रसाद सिटौला हुन । बेलुका सकुसल सुतेका सिटौलालाई बिहान पेट र मुटु दुख्न थालेपछि बिहानै ५ बजे सरकारी अस्पताल निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा आफै हिडेर पुगेका उनी ११ बजे मृत घोषणा गरिएको थियो । २४ सै घण्टा सर्पको उपचार हुने सर्पदंस उपचार केन्द्रमा स्वास्थ्यकर्मीले बिरामी हेरेपछि सर्पले टोके नटोकेको ऐकिन गर्न एक घण्टा लाग्ने भन्दै भर्ना भएर बस्न भन्दा बिरामी निजगढमै रहेको सामुदायिक अस्पताल प्रसुती गृहमा डाक्टर रहेको भन्दै उपचार गर्न गएको सर्पदंस केन्द्रका अहेब लिला लामाले बताए ।

       प्रसुती गृहमा मुटु दुखेको भन्दै भर्ना भएका उनलाई सर्पको उपचार हुनु पर्नेमा अर्को उपचार भएपछि उनी सिथिल बन्दै गएका थिए । पछि बिरामी सिकिस्त भई बेहोस अबस्था भएपछि सर्पको शंका भएर फेरी नौ बजे सर्पदंस केन्द्र निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएका उनलाई बचाउन सक्दो प्रयास भएपनि नसकिएको लामाले बताए ।

       करिब २ बजे सर्पले टोकेको बिरामीलाई घरपरिवार र उनको ब्यक्तीगत लापर्वाहीले ५ बजे अस्पताल पुगेपनि सर्पको उपचार हुने सर्पदश उपचार केन्द्रमा उपचार नगराई हिडेका कारण र प्रसुती गृहको फेरी अर्को लापर्वाही सर्पले डसेको बिरामीलाई अरु उपचार गरेको आरोप लागेको छ । घटनाका बारेमा प्रसुती गृहमा जानकारी लिन खोज्दा सम्र्पक हुन सकेन

    बाराको निजगढ नगरपालिका वडा नं। ४ पुरानोटोल घर भई निजगढ ५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा एलिजा सुनारको उपचारमा समेत प्रसुती गृहमा बिच्छिले डसेको बिरामीलाई गलत उपचार भएको थियो । बिच्छीले टोकर उपचारको क्रममा स्यालन पानी चढाएपछि विरामीको अवस्था झनै गम्भिर भएको थियो ।

निजगढ नगरपालिकाले हरेक बर्ष सर्पदंशको लागि भन्दै २४ घण्टा सेवा दिने गरी कर्मचारीहरुलाई थप सुविधा दिएर सर्प दस उपचार केन्द्र सञ्चालन गर्दै आएको भएपनि बिरामीहरु अन्यत्र जादा समस्या हुने गरेको छ । सर्प दस उपचार केन्द्र सञ्चालन गर्न नगरपालिकाले हरेक बर्ष १० लाख बिनियोजन गर्दै आएको छ । यस बर्ष सर्प दस उपचार केन्द निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा श्राबणदेखि आजसम्म ९० जना सर्पको डसाईका बिरामीको उपचार भएकोमा आजको बिरामीकै ब्यक्तीगत लापर्वाहीले मृत्यु भएको भएपनि अरु सबैलाई बचाउन सकिएको अहेब लामाले बताए । जसमध्ये २० जना बिसालु सर्पले डसेपछि सिकिस्त बिरामी भएका थिए ।

   सर्प दस उपचार केन्द निजगढमा ४ जना स्वास्थ्यकर्मीले उपचार दिदै आएको भएपनि सिकिस्त भेन्टिलेटरमा राखेर उपचार गराउनु पर्ने बिरामीहरुलाई भने भेटिलेटर नभएका कारण बचाउन समस्या हुदै आएको उनले बताए । दक्ष जनशक्ती, भेन्टिलेटर र समय समयमा तालिम हुने हो भने सर्पको टोकाईबाट अकालमा ज्यान नजाने लामाले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content