काग्रेस तीन सहित अन्यलाई एक एक गरी सत्ता गठबन्धनले टुंग्यायो महानगर, उपमहानगरमा आज सहमति हुदै

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 734 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

काठमाडौ । सत्तारुढ पाँचदलीय गठबन्धनले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिकामा काग्रेसले आधा भाग लिने र बाकी अरुलाई दिएर भागबन्डा टुंग्याएको छ । कांग्रेसले ६ मध्ये तीन तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक–एक महानगरको मेयर लिने गरी भागबन्डा गरेको हो । काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसको भागमा परेको छ भने भरतपुर माओवादी केन्द्रलाई, पोखरा एकीकृत समाजवादीलाई र वीरगञ्ज जसपालाई दिने गरी सहमति भएको नेताहरुले बताएका छन् ।

त्यसैगरी ६ उपप्रमुख मध्ये काग्रेसको भागमा पोखरा, भरतपुर र वीरगञ्जको गरी तीन परेको छ । काठमाडौंको उपमेयर एकीकृत समाजवादीलाई, ललितपुरको उपमेयर माओवादी केन्द्रलाई र विराटनगरको उपमेयर जसपालाई दिने गरी सहमति भएको जनाईएको छ । उपमहानगरमा सहमति भई नसकेको कारण सहमतिमा हस्ताक्षेर गर्न भने बाँकी रहेको जनाईएको छ । महानगरको वडा र उपमहानगरको विषय टुंगो लागेपछि सहमतिमा हस्ताक्षर भई निर्वाचनको प्रचारप्रसारमा होमिने नेताहरुले जनाएका छन । सहमतिको खाकामा आन्तरिक छलफल गरेर आजै राति बस्ने गठबन्धनको बैठकले अन्तिम रुप दिने तयारी भईरहेको बताईएको छ ।

यसैगरी सत्तारुढ गठबन्धनले देशभरको ११ वटा उपमहानगरपालिकाको भागबण्डा गर्न आन्तरिक तयारी गरेका छन् । हस्ताक्ष हुन बाकी रहेपनि खाका भने बनेको र आजै सहमति सार्वजनिक गर्ने तयारी भईरहेको बताईएको छ । सहमतिमा बाराको दुई वटा उपमहानगरमा नगरप्रमुखमा काग्रेसको एक र नेकपा माओवादी केन्द्रको एक भागमा परेको छ ।

  सत्ता गठबन्धनको मंगलबार राती बसकेको बैठकले जिल्ला सदरमुकाम रहेको कलैया उपमहानगरपालिकामा कांग्रेसको नगरप्रमुख र जसपाले उपप्रमुख पाएको छ ।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको नेतृत्वमा निर्वाचनमा जाने सहमति बनेको कांग्रेसले उपमेयर पद पाउने गरी सहमति भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा कलैयामा कांग्रेसले जितेको थियो भने जीतपुरसिमरामा नेकपा एमाले विजयी भएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content