कोरोनाविरुद्धको नेपालमा उत्पादित औषधिको तेस्रो चरणको क्लिनिकल ट्रायल

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सुरज गौतम
काठमाडौं । कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित तेश्रो चरणको औषधिको क्लिनिकल ट्रायल हुने भएको छ। नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले यस्तो जानकारी दिएको हो । नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको परिषदले बताएको छ। परिषद्का सदस्य सचिव डा। प्रदीप ज्ञवालीले कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको बतार्०एको छ । औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको छ। उक्त औषधिको सबै मापदण्ड, डिजाइन र औषधि व्यवस्था विभागको स्वीकृति हेर्दा भाइरसको लागि प्रयोग गर्ने भन्ने रहेको उक्त औषधिलाई कोभिड १९ को लागि क्लिनिकल अध्ययन गर्ने हिसाबले प्रयोग गर्न लागिएको बताईएको छ । त्यसैगरी नेपाल मै उत्पादित आयुर्वेदिक औषधिको पनि क्लिनिकल ट्रायलगरिन लागिएको बताईएको छ । परिषदका सदस्य सचिव ज्ञवालीले प्रदेश नं।५ र प्रदेश नं। २ बाट आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल सुरु गर्न लागिएको बताए। जसमा जेठी मधु ९एस्टी मधु० र तीन कटु ९पिप्ला, मरिच र सुठो०को धुलो मिसिएको औषधिको क्लिनिकल ट्रायल गर्न लागिएको बताए। खासगरी आयुर्वेदिक औषधिले मानिसको रोगसँग लडने प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने मान्यता अनुरुप क्लिनिकल ट्रायल गर्न लागिएको उनले स्पष्ट पारे। सरकारले क्लिनिकल ट्रायल गर्न ठिला गरेपनि कोरोनाको औषधीकारुपमा मानिसहरुले प्रयोग गर्दै आएका छन् । आयुर्वेद अस्पतालले कोरोनाका विरामीहरुलाई सुरुदेखि नै आफैँले बनाएको विभिन्न जडिबुटी मिश्रित औषधिको प्रयोग गर्दै आएको छ। यो औषधिको परीक्षण सफल भए कोरोना जस्तै भाइरस जन्य रोगका लागि औषधि बनाउने नेपाल पहिलो मुलुक हुनेछ।

शेयर
प्रतिक्रिया
Skip to content