काठमाण्डौं । पाँच दलीय सत्ता गठबन्धनबीच वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबनण्डा मिलेपछि सहमतिमा हस्ताक्षर भएको छ । आज केही समय अघि हस्ताक्षर भएको हो ।
सहमतिमा प्रधानमन्त्री सहित सबै पाँच दलका शिर्ष नेताले हस्ताक्षर गरेका हुन । ६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा एकीकृत समाजवादीले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन् ।
११ उपमहानगरमा भने कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक– एक मेयर पाएका छन् ।
हेर्नुस् कसले पाए कहाँको मेयर र उपमेयर